मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण १२ शनिबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका बलेवा (बागलुङ)
२o८o फाल्गुण १२ शनिबार १o:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, बलेवा (बागलुङ)
नयाँ पत्रिका
२o८o फाल्गुण १२ शनिबार १o:१९:oo

सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ। बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका–८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको हो। 

पहिरोले बागलुङ–गुल्मीखण्डअन्तर्गत मालढुंगा–अर्बेनी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बागलुङको मालढुंगादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ। काम चलिरहेकै वेला गए राति पहिरो खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इन्जिनियर छकबहादुर गुरुङले जानकारी दिए ।

‘दुवैतर्फबाट डोजर लगाउँदा पनि कम्तीमा एक साता पहिरो पन्छाउन लाग्छ,’ उनले भने, ‘ढुंगा खसिरहेकाले पन्छाउने काम गर्न सकिएको छैन।’ पहिरोको विषयमा कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पालाई जानकारी गराइएको उनले बताए ।  

सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन्। सदरमुकाम बागलुङ बजार, जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवललगायतका ठाउँमा चल्ने सवारीसाधन बाटोमै रोकिएका छन्। भिरालो जमिन रहेको उक्त स्थानमा वेलावेलामा सुक्खा पहिरो जाने गरेको छ।