१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format ११:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटी एक्सप्रेसले गर्‍यो योजनाको उपहार हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o९:oo

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔँ, पठाको भन्दा १० गुणा बढी पाऔंँ’ नामक योजनाको उपहार हस्तान्तरण गरेको छ । कम्पनीले योजनामा सहभागी हुँदै साउदी अरबबाट रकम पठाउने राजु तामाङलाई उपहार रकम हस्तान्तरण गरेको हो । 

तामाङले पाँच लाख ३० हजार सात सय ५० रुपैयाँ प्राप्त गरेको कम्पनीले जनाएको छ । त्यस्तै, एक लाख उपहार विजेता सुवास लिम्बूलाई पनि रकम हस्तान्तरण गरेको कम्पनीको भनाइ छ । लिम्बूले दक्षिण कोरियाबाट रकम पठाएको उल्लेख छ । 

कम्पनीले असोज १५ देखि मंसिर १५ गतेसम्म ०८० सालको दसैँ, तिहार र छठलाई लक्षित गर्दै ‘विदेशबाट सिटी पठाऔँ, पठाको भन्दा १० गुणा बढी पाऔँ’ नामक उपहार योजना ल्याएको थियो । 

उक्त योजनामा लक्की ड्रमार्फत हरेक महिना एकजनालाई एक लाख रुपैयाँ, हरेक हप्ता पाँचजनालाई जनही २५ हजार रुपैयाँका साथै ६१ दिन लगातार हरेक दिन सयजना विजेतालाई जनही पाँच सय रुपैयाँको वालेट टप अप र अन्त्यमा एकजना भाग्यशाली विजेतालाई पठाएको रकमको पाँच गुणा दिने योजना ल्याएको जनाएको छ ।