१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १o:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१० पोका गाँजासहित सर्लाहीबाट एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:५६:oo

प्रहरीले १० पोका रिफाइन गाँजाको प्याकेटसहित सर्लाहीबाट एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले निजी कारमा लुकाइछिपाई तस्करी गर्ने क्रममा गाँजाको प्याकेटसहित एकजनालाई पक्राउ गरेको हो ।

सर्लाही प्रहरी प्रमुख एसपी दयानिधि ज्ञवालीका अनुसार सर्लाहीकाे बागमती नगरपालिका- ३ नयाँ बस्ती चोकस्थित नयाँरोड बरहथवा सडक खण्डमा गोप्य सूचनाको आधारमा दक्षिणबाट उत्तरतर्फ आइरहेको बागमती प्रदेश ०१-०२६ च ५१५९ नम्बरको कारलाई चेकजाँच गर्दा कारभित्र लुकाइछिपाई ल्याएको १० पोका गाँजा बरामद भएकाे छ।

एसपी ज्ञवालीका अनुसार पक्राउ पर्नेमा पूर्वी नवलपरासी गैँडाकोट नगरपालिका- ११ बस्ने वर्ष ३० का कार चालक सूर्य परियार छन् । एसपी ज्ञवालीले भने, ‘जिल्लामा तस्करीको नयाँ–नयाँ तरिकाबाट आपराधिक गिरोहले लागुऔषध तस्करी गर्दछ भन्ने थियो, सोही आधारमा हामीलाई निजी कारबाट लागुऔषध तस्करी हुँदै छ भन्ने खबर आयो, हेर्दा राम्रो प्याकमा एक सय १६ किलोग्राम रिफाइन गाँजा फेला पर्‍यो ।’

पक्राउ परेकालाई प्रहरीले नियन्त्रणमा लिई लागुऔषध ऐन, २०३३ अन्तर्गत म्याद थप गरी थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।