१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रमेश सुवेदी काठमाडौं
Invalid date format २o:२५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सानदार लयमा सावित्रा, ३७ मिनेटभित्रै सावित्राको ह्याट्रिक

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:२५:oo

स्ट्राइकर सावित्रा भण्डारीले वाफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत इराकविरुद्ध पहिलो हाफमै ह्याट्रिक पूरा गरेकी छिन्। साउदी अरेबियाको रियादमा जारी खेलको ३७औँ मिनेटमा सावित्राले ह्याट्रिक गरेकी हुन्। 

दुई मिनेटभित्र सावित्राले दुई गोल गरेपछि नेपालले इराकविरुद्ध खेल नियन्त्रणमा राखेको थियो। सावित्राले खेलको १४औँ मिनेटमा पहिलो गोल गरिन्। दीपा शाहीले मध्यभागबाट काउन्टर अट्याकमा बल उपलब्ध गराएपछि सावित्राले अगाडि बढाउँदै इराकका तीन खेलाडीलाई बिट गरेर सहज गोल गरेकी हुन्। 

दुई मिनेट पूरा हुन नपाउँदै युरोपेली लिग खेलिरहेकी सावित्राले दोस्रो गोल गरिन्। इराककी रक्षक दिरिन मुलाबाकरबाट बल खोस्दै सावित्राले पहिलो बारबाट सहज फिनिसिङ गरिन्। उनी यसै प्रतियोगिताको लागि फ्रेन्च लिग छाडेर साउदी अरेबिया आइपुगेकी हुन्। 

खेलको ३७औँ मिनेटमा सावित्राले ह्याट्रिक गोल गरिन्। पूजा रानाले दायाँ भागबाट मिलाएको बललाई सिक्स यार्ड बक्सबाट सावित्राले हेडर गोल गरेकी हुन्। योसँगै उनको अन्तर्राष्ट्रिय गोलसंख्या ४२ पुगेको छ। 

यसअघि खेलको २५औँ मिनेटमा अनिता बस्नेतले प्रहार गरेको कर्नर बल दोस्रो बारमा लागेर फर्किएपछि नेपालको तेस्रो गोल असफल भएको थियो। पहिलो खेलमा सिरियाविरुद्ध पनि अनिताले कर्नरबाटै विश्वस्तरीय गोल गरेकी थिइन्। 

नेपाल लगातार दोस्रो खेल जित्दै सेमिफाइनल पुग्ने योजनामा छ। समूह ‘बी’ को पहिलो खेलमा सिरियाविरुद्ध नेपाल ४–१ ले विजयी भएको थियो। गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा पहिलोपटक प्रतियोगिता खेल्न पुगेको नेपालले ऐतिहासिक उपाधि जित्ने लक्ष्य बनाएको छ। 

महिला फुटबलको ३८ वर्षे इतिहासमा नेपालले दशपटक विभिन्न प्रतियोगिताको फाइनल खेले पनि हालसम्म उपाधि जित्न सकेको छैन।