Skip This
भरतपुर भ्रमण वर्ष सफल बनाउन पर्यटन बोर्ड र महानगरबीच सम्झौता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १० बिहीबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण १० बिहीबार o७:२६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भरतपुर भ्रमण वर्ष सफल बनाउन पर्यटन बोर्ड र महानगरबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १० बिहीबार o७:२६:oo

नेपाल पर्यन बोर्ड र भरतपुर महानगरपालिकाबीच भरतपुर भ्रमण वर्ष २०२४ अभियान सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । भरतपुर भ्रमण वर्ष प्रवद्र्धनका लागि बोर्डले ७० लाख रुपैयाँ सहयोग गर्ने सम्झौता भएको हो । भ्रमण वर्ष २०२४ को अभियान सञ्चालनमा लाग्ने अनुमानित कुल खर्च तीन करोड ७० लाख मध्ये बोर्डले ७० लाख रुपैयाँ व्यहोर्ने सम्झौता भएको महानगरले जनाएको छ । पर्या पर्यटन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यशाला, ब्रसोर, स्टिकर, डिजिटल बोर्ड, होर्डिङ बोर्ड, वैदेशिक पर्यटन प्रवद्र्धन, विभिन्न सहरमा प्रचारात्मक कार्यक्रम, नेचर गाइड तालिमलगायतका कार्यक्रम गर्न सो रकम खर्च गरिने सम्झौतापत्रमा उल्लेख छ ।

हस्ताक्षरपछि महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षलाई सफल बनाउन बोर्डले गरेको सहयोगको प्रशंसा गरिन् । उनले बोर्डले अभियानलाई सफल बनाउन अहिलेसम्म भएका प्रयोगलाई उच्चतम प्रयोग गरी नमुना काम गर्न अनुरोध गरिन् । भ्रमण वर्षले देशमा भइरहेको आर्थिक मन्दी र त्यसबाट उत्पन्न निराशालाई उत्साहमा परिवर्तन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आशावादी रहेको उनको भनाइ थियो । 

बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताए । भ्रमण वर्षको आयोजना भरतपुर महानगरपालिकाले गरेको भए पनि निजी क्षेत्रले ल्याउने प्याकेज, सेवा–सुविधा, तत्परताले अभियान सफल हुने उनको भनाइ थियो । 

भरतपुर भ्रमण वर्ष सफल बनाउन नेपाल पर्यटन बोर्डले निजी क्षेत्रसँग समवन्य तथा सहकार्य गरी विभिन्न प्रचारात्मक कार्यक्रम अगाडि बढाउने कार्य तालिका रहेको तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचार गर्न विदेशी पत्रकारलाई नेपालमा ल्याउने कार्यक्रम तय भएको उनले जानकारी दिए ।