१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १२:१६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

त्रिवि मैदानमा कम योगफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१६:oo

आइसिसी विश्वकप लिग– २ को पहिलो सिरिज भइरहेको त्रिवि मैदानमा कम योगफल खेल भइरहेको छ। अहिलेसम्म लिग– २ मा तीन खेल पूरा भएका छन्।

जसमा कुनै पनि टोलीले दुई सय रनको योगफल कटाएको छैन। नेपालले बुधबार नामिबियाविरुद्ध बनाएको एक सय ६८ रनको योगफल अहिलेसम्मकै सर्वाधिक हो। 

यसअघि पहिलो खेलमा नेपाल एक सय ३२ रनमा नामिबियासँग अलआउट भएको थियो । नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। दोस्रो खेलमा नेपालले सन् २०२३ को एकदिवसीय विश्वकप खेलेको नेदरल्यान्ड्सलाई एक सय ३७ रनमा समेटेको थियो।

नेपालले १५.२ ओभरमा एक विकेटको नोक्सानीमा एक सय ४१ रन बनायो। त्यसपछि सिरिजको तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई एक सय २३ रनमा रोकेको थियो। नेदरल्यान्ड्सले २७.२ ओभरमा तीन विकेट गुमाएर एक सय २४ रन बनाएको थियो।