Skip This
राष्ट्रिय प्रांगारिक कृषि मेलाको तयारी अन्तिम चरणमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ९ बुधबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण ९ बुधबार ११:५७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राष्ट्रिय प्रांगारिक कृषि मेलाको तयारी अन्तिम चरणमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ९ बुधबार ११:५७:oo

बुटवलमा आयोजना गरिएको राष्ट्रिय प्रांगारिक कृषि मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । कृषि क्षेत्रको व्यवसायीकरण एवं आधुनिकीकरणमा सहयोग पुर्‍याउन बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा बिहीबारदेखि बुटवल मण्डपमा राष्ट्रिय प्रांगारिक कृषि मेला ०८० गर्न लागिएको हो । 

बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय प्रांगारिक कृषि मेला सम्पादन समितिले मंगलबार मेलास्थल बुटवल मण्डपमा पत्रकार सम्मेलन गरी मेलाको तयारी पूरा भएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले कृषि क्षेत्रको व्यवसायीकरण एवं आधुनिकीकरणमा सहयोग पुर्‍याउन राष्ट्रिय प्रांगारिक कृषि मेला आयोजना गरिएको बताए । 

पाँच दिनसम्म सञ्चालन गरिने मेलामा प्रांगारिक कृषि वस्तुको उत्पादन तथा प्रवर्द्धनमा जोड दिइनेछ । त्यस्तै, उपभोक्तालाई प्रांगारिक कृषि, पशुपक्षी तथा मत्स्यजन्य पदार्थबारे सचेतना प्रदान गरिनेछ । प्रांगारिक कृषि प्रणाली तथा असल कृषि अभ्यास पद्धति अपनाउन कृषकलाई जागरुक बनाउने, उपभोक्तामा प्रांगारिक कृषिउपज तथा असल खेती अभ्यासबारे जानकारी गराउने विश्वास गरिएको छ । 

कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार र मेसिनरीसम्बन्धी जानकारी गराइनेछ । असल कृषि प्रणाली अपनाई कृषि, पशुपक्षी तथा मत्स्यजन्य वस्तु उत्पादन एवं बजारीकरणमा सहयोग पुर्‍याउने विश्वास गरिएको अर्यालले बताए । 

उनका अनुसार कृषिमा आधारित उद्योगमा लगानी आकर्षित गर्ने तथा निर्यातयोग्य वस्तुहरूको पहिचान र प्रवर्द्धन, कृषि, पशुपक्षी तथा मत्स्यजन्य उत्पादन भण्डारण तथा बिक्री–वितरणमा भएका उपलब्धिको जानकारी गराइनेछ ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा कृषिका अत्याधुनिक प्रविधिको प्रदर्शनी, कृषि परिकार, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शन, कृषि सेवासम्बन्धी जानकारीमूलक स्टल, प्रांगारिक र असल खेती अभ्यास, कृषिजन्य वस्तुको बिक्री–वितरण, कीटनाशक विषादी प्रयोग प्रभाव र विकल्प, प्रांगारिक खेतीका लागि हालसम्मको प्रयास र उपलब्धि, मत्स्यपालन व्यवसाय, अवसर सम्भावना र चुनौती तथा कृषि वस्तुको बजारीकरणसम्बन्धी अन्तक्र्रिया तथा छलफल गरिनेछ । त्यस्तै, कृषिसँग सम्बन्धित प्रतियोगिता र कृषिसँग सम्बन्धित सांस्कृतिक, सांगीतिक कार्यक्रम प्रस्तुत गरिनेछ । 

त्यस्तै, मेलामा माटो परीक्षण तथा बाली परीक्षण शिविर सञ्चालन गरिनेछ । किसानका लागि यी दुई शिविरलाई विशेष प्राथमिकता दिइएको संघका महासचिव तथा मेला सम्पादन समितिका सदस्य सचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए ।