१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १७:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडा उपमहानगरमा अब अनलाइन र फोनबाट पनि गुनासो दर्ता हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३६:oo

सेवाग्राहीको गुनासो सुन्नका लागि हेटौँडा उपमहानगरपालिकाले अनलाइन र फोनसेवामार्फत गुनासो दर्ता गर्ने स्वचालित प्रणाली सञ्चालनमा ल्याएको छ।

उपमहानगरपालिकामार्फत प्रदान गर्दै आएको सेवा र सुविधालाई प्रभावकारी बनाउने उद्देश्यले उपमहानगरले अनलाइन र फोनमार्फत गुनासो सुनुवाइको व्यवस्था मिलाएको हो।

उपमेयर राजेश बानियाँले उपमहानगरले नगरवासीलाई प्रदान गर्ने सेवा प्रवाह, स्थानीय विकासलगायत अन्य विभिन्न विषयमा सेवाग्राहीको समस्या सुन्न सहजता होस् भन्ने उद्देश्यले गुनासो दर्ता सेवा सुरु गरेको जानकारी दिए।

गुनासो दर्ताका लागि उपमहानगरपालिकाले सफ्टवेयर सञ्चालनमा ल्याई घरमै बसेर फोन वा इन्टरनेटकाे मध्यमबाट गुनासो टिपाउन सिकने उपमेयर बानियाँले स्पष्ट पारे।

यसका लागि उपमहानगरका अनुसार इन्टरनेट सेवामार्फत कार्यालयबाहेकको समयमा पनि उपमहानगरकाे वेबसाइटमा लिखित र ०५७–५९७००१ नम्बरको फोनमार्फत मौखिक गुनासो रेकर्ड गराउन सकिनेछ।

अहिले टेलिकममार्फत गुनासो भ्वाइस रेकर्ड गराउन सकिनेछ। केही समयभित्रै अन्य सेवा प्रदायक कम्पनीका फोन तथा मोबाइलबाट समेत याे सेवा लिन सकिने व्यवस्था मिलाउने उपमेयर बानियाँले बताए।  यो सेवा २४ सै घण्टा चालू रहनेछ।