१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद्मा जवाफ दिँदै प्रधानमन्त्रीले भने- बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:१९:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाका दोषीलाई कारबाही हुने बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदले राखेको सवालको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले छानबिन समितिले प्रतिवेदन गृह मन्त्रालयमा पठाएको र आज आफूले बुझ्ने बताउँदै उनले प्रतिवेदन अध्ययनपछि घटनामा दोषी देखिएका सबैमाथि कारबाही हुने बताएका हुन्। 

यसअघि आजकै बैठकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका थिए। 

गत १३ पुसमा ललितपुरको बालकुमारी घटनामा यातायातमन्त्री ज्वाला पनि दोषी रहेको छानबिन प्रतिवेदनको निष्कर्ष आएपछि एमाले सांसद सचेतक महेश बर्तौला र रास्वपा सभापति रवि लामिछानेले मन्त्री ज्वालालाई बर्खास्त गर्न मागेका थिए। 

बैठक सुरु भएलगत्तै एमाले र रास्वपाका सांसदले सोही विषयमा केही समय संसदमा विरोध जनाएका थिए।