१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौ‌
Invalid date format १५:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच लाख डेनिस क्रोनसहित दुई पाकिस्तानी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौ‌
नयाँ पत्रिका
Invalid date format १५:o२:oo

नेपाल प्रहरीले पाँच लाख डेनिस क्रोनसहित दुईजना पाकिस्तानी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। 

उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा ३१ वर्षीय येसिन अहमद र ४८ वर्षीय मोहम्मद अदनान लखानी रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

उनले भने, ‘फ्लाई दुबईको उडानबाट दुबईबाट नेपाल आएका उनीहरूलाई अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट करिब रु. ९५ लाख ४३ हजार तीन सय ८४ नेपाली हुन आउने उक्त विदेशी मुद्रा अवैध रूपमा लुकाइछिपाई लैजान लागेको अवस्थामा फेला पारी दुवैजनालाई पक्राउ गरेका छौँ।’

पक्राउ परेका निज पाकिस्तानी नागरिकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने केन्द्रीय प्रहरी प्रवक्ता ढकालले बताए। रासस