१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

टुरिजम हिरो अवार्डस् आयोजना हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:२६:oo

पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई विभिन्न ३१ विधामा टुरिजम हिरो अवार्डस् प्रदान गरिने भएको छ । ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले नेपालमै पहिलोपटक टुरिजम हिरो अवार्डस् २०२४ आयोजना गर्न लागेको जनाएको छ । आगामी १९ मार्चमा काठमाडौंमा अवार्डस् विजेतालाई अवार्ड ट्रफी हस्तान्तरण गरिने भएको छ ।

होटेलतर्फका १४ तथा पर्यटनका १७ विधा गरी कुल ३१ विधामा पाँच सयभन्दा बढीले प्रतिस्पर्धा गर्ने अनुमान आयोजकको छ । यो टुरिजम हिरो अवार्डस्को नोमिनेसन खुला भइसकेको छ । टुरिजम हिरो अवार्डस् २०२४ को आधिकारिक वेभसाइट टुरिजम हिरो डट ओआरजीमा गएर जोकोहीले आफ्नो वा अरूको लागि समेत विस्तृत विवरण भरी नोमिनेसन फाइल गर्न सक्नेछन् । यसरी प्राप्त नोमिनेसनमध्येबाट पूर्ण र आधिकारिक विवरण भरिएका नोमिनेसनलाई सर्टलिस्ट गरी भोटिङका लागि योग्य बनाइने बताइएको छ ।

प्राप्त पब्लिक भोटलाई आधार मान्दै जुरीहरूको अन्तिम निर्णयका आधारमा आगामी मार्च १९ गते विजेता घोषणा गरी टुरिजम हिरो अवार्ड प्रदान गर्ने आयोजकले जनाएको छ । अवार्डमा सहभागीहरू कसैबाट पनि नोमिनेसन फी वा कुनै किसिमको शुल्क नलिइने बताइएको छ । यस अवार्डको भोटिङलाई पारदर्शी राख्न तथ्यांक पब्लिक डोमेनमा उपलब्ध गराउने र विवादरहित अवार्डको परिकल्पना गरिएको आयोजक संस्थाका अध्यक्ष धर्मेन्द्र सापकोटाले जानकारी दिए ।

ad
ad