१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशभर बादल लाग्दा जाडो बढ्यो, ६ प्रदेशमा हल्का वर्षाको सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:o३:oo

पश्चिमी वायुसँगै भारतको बिहार राज्य क्षेत्रमा बनेको माैसमी प्रणालीका कारण बुधबार मध्याह्न पनि देशका धेरैजसो क्षेत्रमा बदली (बादल लागेको) छ। जसकारण अघिल्ला दिनका तुलनामा जाडो पनि बढेको छ। तर, सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली मात्र छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार यो प्रणालीको बढी असर पूर्वी भेगमा छ। ‘पूर्वी र मध्य नेपालमा असर देखिएको छ,’ उनले भने, ‘आज हल्कादेखि छिटपुट वर्षा हुन सक्छ।’

बिहारमा क्षेत्रमा बनेको माैसमी प्रणालीका कारण अहिले मधेश र कोशीका तराई क्षेत्रमा बाक्लो बादल छ। त्यस क्षेत्रमा दिउँसो र राति वर्षा हुन सक्ने आकलन गरिएको छ। त्यसबाहेक सुदूरपश्चिमबाहेक  बाँकी पाँच प्रदेशका केही ठाउँमा पानी पर्न सक्ने ठानिएको छ। त्यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।

काठमाडौं उपत्यकामा मंगलबार अपराह्नपछि बदली भएको थियो। मंगलबार काठमाडौंको अधिकतम तापक्रम २२.७ डिग्री सेल्सियस पुगेको थियो। तर, बुधबार भने बादलका कारण अधिकतम तापक्रम १९ देखि २१ डिग्रीमा झर्ने आकलन गरिएको छ। बुधबार बिहानदेखि घाम लाग्न सकेको छैन। जसकारण आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियसमा झरेको थियो।

पछिल्ला दिनमा तराई क्षेत्रमा हुस्सु हट्न थालेको थियो। तर, आज बिहान धनगढी, नेपालगन्ज, सिमरा, विराटनगर क्षेत्रमा  हुस्सु लागेको थियो।