१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

पर्यटन प्रवर्द्धन गर्न पञ्चकोटमा गण्डकी मन्त्रिपरिषद्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:५६:oo

गण्डकी प्रदेश सरकारले पहिलोपटक मन्त्रिपरिषद्को कार्यालयभन्दा बाहिर बागलुङको पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक गरेको छ । धार्मिक पर्यटनको रूपमा विकसित भएको बागलुङ नगरपालिकाको पञ्चकोटमा रहेको सर्वसिद्धिधाम पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक बसेको हो । 

प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीय स्थलको प्रवद्र्धन गर्न प्रदेशका विभिन्न ठाउँमा बैठक गर्ने योजनाअनुसार सोमबार पञ्चकोटमा बैठक बसेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । पञ्चकोटमा आगामी ९ देखि २३ फागुनसम्म ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८०’ आयोजना हुँदै छ । 

बैठकले महायज्ञलाई सहयोग गर्ने र सहयोगको आह्वानसमेत गर्ने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री तथा सरकारकी प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् । बैठकले मनाङको नासो गाउँपालिकाको वडा सिमाना संशोधनका लागि संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै, क्यान्सर र ब्रेन ट्युमर भएका ७० जना बिरामीका लागि विशेष आर्थिक सहयोग गर्ने निर्णयसमेत गरेको छ । प्रदेश निजामती सेवा पुरस्कार सिफारिस समितिलाई पूर्णता दिने, समपूरक तथा विशेष अनुदानअन्तर्गत आठवटा आयोजना सञ्चालन गर्न संघ सरकारमार्फत राष्ट्रिय योजना आयोगमा अनुरोध गर्ने निर्णय पनि भएको छ ।

यस्तै, गण्डकी प्रदेश आन्तरिक लेखापरीक्षण निर्देशिका ०८० स्वीकृत गर्ने, साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने, गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक, २०८० गण्डकी प्रदेश सभामा पेस गर्ने निर्णय पनि भएको छ । गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत–सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० लाई पनि प्रदेश सभामा पेस गर्न स्वीकृति दिने निर्णय गरेको प्रवक्ता तिवारीले जानकारी दिइन् । बागलुङ नगरपालिका– ६ को पञ्चकोटमा मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई महायज्ञका अगुवा कमलनयनाचार्यले स्वागत गरेका थिए । 

ad
ad