१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:३९:oo

भ्यालेन्टाइन सप्ताह चलिरहेको छ । प्रेमी–प्रेमिकाहरूले यस अवधिमा उपहार साटासाट गर्छन् । मानिसले आफ्ना बच्चा, अभिभावक र मिल्ने साथीलाई पनि माया दर्शाउन उपहार दिने गर्छन् । भ्यालेन्टाइन डेलाई यादगार बनाउने केही उपहारयस्ता छन् । 

गुलाफ : यो फूललाई प्रेम, स्नेह र सौन्दर्यको प्रतीक मानिन्छ । त्यसैले प्रेम अभिव्यक्त गर्नका लागि मानिस एक–अर्कालाई गुलाफ दिन्छन् । अलग–अलग रङका गुलाफले अलग अर्थ दिन्छ । जस्तो, पहेँलो गुलाफले मित्रता, सेतो गुलाफले सम्बन्धको सुरुवात, रातो गुलाफले प्रगाढ प्रेमको प्रतिनिधित्व गर्छन् ।

फोटो फ्रेम : कसैले लामो समय सम्झिरहोस् भन्ने चाहना राखेर फोटो फ्रेम दिन सक्नुहुन्छ । फोटोले सधैँ आफ्ना नजिकका मानिसको सम्झना गराउँछ । 

डायरी : यादगार रहने अर्को उपहार डायरी हो । डायरीमा मानिसले आफ्नो दैनिकी वा आफूलाई मनपरेका कविता, गजल वा अनुभव लेखेर संग्रह गर्न सक्छन् । यसबाहेक घडी, टेडिबियर, पफर््युम, कप, किरिङलगायत पनि भ्यालेन्टाइनमा धेरै प्रयोग हुने उपहार हुन् । 

ad
ad