१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

टेबल टेनिसकी सिक्का सुवाललाई पिपल्स च्वाइस अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:४३:oo

नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्ने खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९’ को पिपल्स च्वाइस अवार्ड टेबल टेनिसकी सिक्का सुवालले जितेकी छिन्।

सिक्काले फुटबलका अनन्त तामाङ, कराँतेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना र शारीरिक सुगठनकी रजनी श्रेष्ठलाई पछि पारेकी हुन्।

पिपुल्स च्वाइस विधाका विजेता मञ्चमा आबद्ध खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र इसेवाको भोटिङबाट चुनिएको हो।

टेबल टेनिसको डबल्समा राष्ट्रिय च्याम्पियन सिक्काले राष्ट्रिय खेलकुदमा महिला एकलतर्फ कांस्य तथा राष्ट्रिय खेलकुद टिम इभेन्टमा रजत पदक जितेकी थिइन्।

विश्व महिला टेबल टेनिस वरीयतामा ५१०औँ स्थानसम्म पुग्न सफल सिक्का स्ट्याग ग्लोबल च्याम्पियन्स लिग विजेता हुन्। उनले चीनमा सम्पन्न एसियन गेम्स र दक्षिण कोरियामा भएको एसियन च्याम्पियनसिपमा सहभागिता जनाइसकेकी छिन्।

ad
ad