मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
एजेन्सी मुम्बई
Invalid date format १६:१८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

रामायणमा ‘शूर्पणखा’को भूमिकामा रकुलको चर्चा

Read Time : < 1 मिनेट
एजेन्सी, मुम्बई
नयाँ पत्रिका
Invalid date format १६:१८:oo

बलिउडमा यतिवेला नितेश तिवारीको फिल्म ‘रामायण’को चर्चा छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त फिल्ममा रकुल प्रितको ‘इन्ट्री’ भएको छ।

दैनिक भास्करका अनुसार रकुल रावणकी बहिनी ‘शूर्पणखा’को भूमिकामा देखिने सम्भावना छ। उनले शूर्पणखाको भूमिकाका लागि ‘लुक टेस्ट’ गरेको बताइएको छ। यद्यपि, निर्माण पक्ष या रकुलले यस विषयमा कुनै औपचारिक घोषणा भने गरेका छैनन्।

फिल्ममा रणवीर कपुर रामको भूमिकामा देखिनेछन्। सीताको भूमिकामा साउथ नायिका साई पल्लवी देखिने चर्चा सेलाउन नपाउँदै जान्हवी कपुरलाई प्रस्ताव गरिएको खबर सार्वजनिक भएका छन्। तर, निर्माताले भने यी हल्लाको खण्डन गरेका छन्।