Skip This
अनेमसंघ गुल्मीको नयाँ नेतृत्वमा सपना पन्थी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २७ शनिबार
  • Saturday, 27 July, 2024
२o८o माघ २७ शनिबार १२:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनेमसंघ गुल्मीको नयाँ नेतृत्वमा सपना पन्थी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २७ शनिबार १२:५८:oo

नेकपा एमालेनिकट महिला संगठन अखिल नेपाल महिला संघ जिल्ला कमिटी गुल्मीको ११औँ अधिवेशनबाट सपना पन्थीको अध्यक्षतामा नयाँ कमिटी गठन भएको छ।

उपाध्यक्षमा शान्ता पोखरेल र अञ्जु कँडेल रहेका छन्। त्यस्तै, जिल्ला कमिटी सचिवमा विष्णु विश्वकर्मा, सहसचिवमा कला पाण्डे र कोषाध्यक्षमा सावित्रा खड्का छन्।

अधिवेशनको उद्घाटन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटी सचिव विना ज्ञवालीले गरेकी थिइन्। अखिल नेपाल महिला संघ जिल्ला कमिटी, सचिवालय र पालिका कमिटी अध्यक्षहरूको संयुक्त भेलाले ११औँ अधिवेशन माघ २६ र २७ गर्ने निर्णय गरेको थियो।

अधिवेशनका लागि दुई सय ५० जना प्रतिनिधि सहभागी भएका थिए। खुला सत्रपछि सुरु भएको बन्दसत्रबाट राति नै नेतृत्व चयन भएको हो।