१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:२१:oo

मरिच : अहिले रुखाखोकीको मौसम चलिरहेको छ । यसले रुघाखोकी, टन्सिल, पिनास, दम, टाउको दुखेकोलगायत समस्या समाधानमा सहयोग गर्छ । खाना खाइसकेपछि दुईवटा मरिच खाँदा खाना राम्ररी पच्छ । 

बेसार : यसलाई कोभिडकालमा पनि धेरैले प्रतिरोधात्मक औषधिका रूपमा प्रयोग गरे । यसलाई पनि रुघाखोकी, टन्सिल भएका वेला पानीमा उमालेर पिउन सकिन्छ । 

ज्वानो : ज्वानोपानी रुघाखोकी र ज्वरोमा निकै राम्रो हुन्छ । जिउ, हात दुख्ने, जोर्नी दुख्नेलगायत बाथरोगमा ज्वानोले सहयोग गर्छ । यसले शरीरलाई तातो बनाउँछ ।

लसुन : घाँटी बसेर स्वर बिग्रिएको वा बोल्न नसक्ने अवस्थामा स्वर खुलाउन यसले राम्रो काम गर्छ ।

सुठो : सुकेको अदुवाको धुलोलाई हामी सुठो भन्छौँ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने, खाना पचाउन सहयोग गर्ने गर्छ । पानीमा सुठो उमालेर पिउँदा दम, रुखाखोकी, श्वास–प्रश्वास, ज्वरो, बान्ता, पेट दुख्ने, बाथ, ढाड दुख्नेलगायत समस्या समाधानमा मद्दत मिल्छ । 

ad
ad