१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० माघ २६ शुक्रबार ०८:४७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पुरानकोटमा २८ पिर्के रोटेपिङ निर्माण

Read Time : < 1 मिनेट
२०८० माघ २६ शुक्रबार ०८:४७:००

तामाङ समुदायको महान् पर्व २८६०औँ सोनाम ल्होसारको अवसरमा पुरानकोट फोस्रेमा परम्परागत २८ पिर्के रोटेपिङ निर्माण गरिएको छ । पुरानकोटको स्थानीय बुद्ध मिलन समाजले लमजुङको बेसीसहर नगरपालिका–४ पुरानकोटमा २८ पिर्के रोटेपिङ निर्माण गरेको हो । पिङको बुधबार बेसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले उद्घाटन गरेका हुन् ।

पिङको माध्यमबाट मौलिक संस्कृति संरक्षण गर्ने, पर्यटन प्रवद्र्धन गर्ने, पुरानकोटको पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटकलाई पुरानकोट भित्र्याउने लक्ष्य राखिएको आयोजक बुद्ध मिलन समाज फोस्रेका अध्यक्ष देवमाया तामाङले बताइन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख अर्यालले परम्परागत रोटेपिङले गाउँघरमा रौनक हुनुका साथै आन्तरिक पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । उक्त पिङ कुल चार लाख ७५ हजार लागतमा निर्माण गरिएको बुद्ध मिलन समाजले जनाएको छ । पिङ निर्माणका लागि बेसीसहर नगरपालिकाले एक लाख ५० हजार र बेसीसहर ४ वडा कार्यालयले २० हजार रुपैयाँ सहयोग गरेका छन् ।

सोबाहेक अन्य रकम स्थानीय समुदाय, फोस्रे घर भई हाल स्वदेश तथा विदेशमा रहने स्थानीय, विभिन्न स्थानका तामाङ समुदायका संघसंस्था तथा व्यक्तिबाट प्राप्त सहयोगबाट पिङ निर्माण गरिएको कार्यक्रम संयोजक राजकुमार तामाङले बताए । सम्भवतः नेपालमै पहिलोपटक पुरानकोटको फोस्रेमा २८ पिर्के पिङ निर्माण गरिएको उनको दाबी छ ।