मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १७:१o:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

देशका सबै संरचनाजस्तै पत्रकारिता पनि कमजोर छ : महासंघ अध्यक्ष पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१o:oo

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले देशका सबै संरचना कमजोर भएका वेला पत्रकारहरूको भूमिका पनि उस्तै भएको भन्दै दुःख व्यक्त गरेका छन्।

नेपाल पत्रकार महासंघ युएई शाखाले आयोजना गरेको अन्तर्क्रियामा उनले पत्रकारहरूको काम, धर्म र मर्म सही होस् भनेर महासंघले सदस्यता शुद्धीकरणको अभियान चलाएको बताए।

‘सरकार कमजोर छ, न्यायालय उस्तै छ। प्रहरी प्रशासन पनि त्यस्तै छ, हामी (पत्रकार) पनि राम्रो छैनौँ,’ अध्यक्ष पोखरेलले भने, ‘खबरदारी गर्नुपर्ने हामी पनि उस्तै भएपछि देशको हालत के हुन्छ? त्यसैले पहिला हामी जिम्मेवार हुन जरुरी छ।’

रोजगारीका लागि परदेशमा रहेर पनि बचेको समय पत्रकारितामा लागेको भन्दै उनले युएईस्थित पत्रकारहरूलाई धन्यवाद ज्ञापन गरे। स्वतन्त्र रूपमा पत्रकारिता गर्न नपाइने देशमा बसेर रहेकाले ‘निहुँ’ नखोज्न तथा नेपाली समुदायसँग सम्बन्धित समाचार मात्रै खोज्न अध्यक्ष पोखरेलले पत्रकारहरूलाई सुझाए।

रोजगारीको सिलसिलामा युएई आएका पत्रकारहरुले समाचार लेखेकै कारण भोग्ने समस्या समाधानको सहजीकरणका लागि जवाफदेही समूह निर्माण गर्न पनि उनको सुझाव छ।

कार्यक्रममा यहाँस्थित पत्रकारहरूले भोटिङ राइटको व्यवस्था विधानमा भए पनि व्यवहारमा नभएको भन्दै सोको कार्यान्वयन गर्न माग गरेका थिए।