मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o माघ २१ आइतबार
  • Tuesday, 01 September, 2026
२o८o माघ २१ आइतबार १६:५९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृंखला अस्ट्रेलियाले जित्यो, दोस्रो म्याचमा अस्ट्रेलिया ८३ रनले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २१ आइतबार १६:५९:oo

वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय म्याचको शृंखला अस्ट्रेलिया एक म्याचअगाडि नै जितेको छ। 

सिड्नीमा भर्खरै सकिएको दोस्रो एकदिवसीय म्याचमा अस्ट्रेलिया ८३ रनले विजयी भएसँगै अस्ट्रेलियाले शृंखला जितेको हो। अन्तिम एकदिवसीय म्याच क्यानबेरामा मंगलबार हुनेछ। 

दोस्रो म्याचमा अस्ट्रेलियाको जितमा सिन एब्बोटको अलराउन्ड प्रदर्शन मुख्य रह्यो। ब्याटिङमा ६३ बलमा ६९ रनको महत्त्वपूर्ण इनिङ खेलेका उनले बलिङमा वेस्टइन्डिजका तीन विकेटलाई आउट गरे। 

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाको सुरुवात भने राम्रो हुन सकेको थिएन। ओपनर ज्याक फ्रेजर दश तथा अर्का ओपनर विकेटकिपर जोस इंलिस नौ रनमै आउट भए। 

केमरुन ग्रिनले ३३ रन बनाए पनि कप्तान स्टेभेन स्मिथ पाँच रनमा आउट हुन पुग्दा ९१ रनको अवस्थामा अस्ट्रेलियाले पाँच विकेट गुमाइसकेको थियो। तर, सिएनले एक इन्डबाट विकेट रोक्ने काम मात्र नगरी आक्रामक ब्याटिङ जारी राखेपछि अस्ट्रेलियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ५८ रन बनायो। 

जवाफी ब्याटिङमा उत्रिएको वेस्टइन्डिज कुनै पनि सशक्त देखिएन। सर्वाधिक रन बनाएका किएसी कार्टीले ४० रन बनाए भने कप्तान साई होप २९, रोस्टनले २५ रन बनाए। अन्य ब्याटर चल्न नसक्दा वेस्टइन्डिज ४३.३ ओभरमा एक सय ७५ रनमा अलआउट बन्न पुग्यो।