Skip This
दक्षिण अफ्रिका र आइभाेरीकोस्ट अफ्रिका कप अफ नेसन्सकाे अन्तिम चारमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २१ आइतबार
  • Saturday, 27 July, 2024
तस्बिर : एएफपी
नयाँ पत्रिका काठमाडौं
२o८o माघ २१ आइतबार १६:३o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

दक्षिण अफ्रिका र आइभाेरीकोस्ट अफ्रिका कप अफ नेसन्सकाे अन्तिम चारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २१ आइतबार १६:३o:oo

दक्षिण अफ्रिकाले अफ्रिका कप अफ नेसन्सको अन्तिम चारमा स्थान पक्का गरेको छ । 

क्वार्टरफाइनलमा केप भर्डेलाई परास्त गर्दै दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाएको हो । अन्तिम चारमा पुग्न दक्षिण अफ्रिकाले टाइब्रेकरको सहारा लिनुपरेको थियो । उसले टाइब्रेकरमा केप भर्डेलाई २–१ गोलअन्तरले पराजित गर्‍याे । 

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । पेनाल्टी सुटआउटमा दक्षिण अफ्रिकालाई विजयी गराउने क्रममा कप्तानसमेत रहेका गोलरक्षक रोनवेन नायक साबित भए ।  उनले केप भर्डेका चार पेनाल्टी प्रहार असफल बनाइदिए । उता, केप भर्डेका गोलरक्षक भोजिन्हाले पनि दक्षिण अफ्रिकाका दुई पेनाल्टी प्रहार रोके पनि टिमलाई जित दिलाउन सकेनन् । 

शनिबार नै भएको अर्को खेलमा आयोजक आइभाेरीकाेस्ट मालीलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको छ ।