१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रिबजेट छलफलका विषयलाई बजेटमा समेट्ने तयारी हुँदै छ : सभामुख घिमिरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:२५:oo

सभामुख देवराज घिमिरेले प्रिबजेट छलफलमा आएका विषयलाई बजेटमा समेट्ने तयारी भइरहेको बताएका छन्। आइतबार संसद्  भवनको निरीक्षणपश्चात् पत्रकारहरूसँग कुरा गर्दै उनले  प्रिबजेटका लागि अध्यादेशमार्फत कानुनी प्रबन्ध आएको जानकारी दिए।

‘प्रिबजेटका लागि कानुनी प्रबन्ध अध्यादेशमार्फत आएको छ। त्यसअनुसार रुटिन मिलाउने काम भएको छ। प्रिबजेटमा कसरी जाँदा उपयुक्त हुन्छ भन्नेबारे सरकारमा छलफलहरू भइरहेका छन्,’ सभामुख घिमिरेले भने, ‘सरकारले सांसदहरूसँग छलफल गर्नुपूर्व यो मोडलमा जानुपर्छ भनेर हामीले प्रस्ताव गरेका छौँ। त्यो प्रस्तावमा सरकारले सकारात्मक ढंगबाट सोचेको छ।’

प्रिबजेटको प्राथमिकता र सिद्धान्तमाथि पहिले छलफल गरी त्यसकै आधारमा बजेटमा समेट्ने आधारहरू तयार गर्नुपर्ने उनको भनाइ थियो।

संघीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदै छ। बजेट अधिवेशनलाई बिजनेसको कमी हुन नदिने सरकारले प्रतिबद्धता जनाएको उल्लेख गर्दै सभामुख घिमिरेले अहिलेसम्म संसद् सचिवालयमा दुईवटा बिजनेस आएको बताए।

ad
ad