१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस काठमाडौं
Invalid date format १४:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वर्गीकरण गरेको फोहाेर मात्र व्यवस्थापन गर्दै काठमाडौं महानगर

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:oo:oo

काठमाडौं महानगरपालिकाले फोहाेरको दिगो व्यवस्थापनका लागि घरेलु फोहाेर पुनः वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन गर्ने भएको छ । 

अहिले महानगरले वडा नम्बर ५, १२ र २७  बाट वर्गीकरणको काम तत्काल थाल्ने जनाएको छ । केही समयपछि ३२ वटै वटाबाट वर्गीकरण भएको फोहाेर मात्र व्यवस्थापन गर्ने तयारी गरेको छ । 

महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार विगत डेढ वर्षअघि पनि फोहाेर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने भनिए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएपछि पुनः उक्त प्रक्रिया सुरु गर्न लागिएको हो।

वर्गीकरण गरिएको फोहाेर व्यवस्थापन गर्ने बन्चरेडाँडामा पनि स्थान पहिचानको काम भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिए। फोहाेर वर्गीकरणसँगै महानगरले वर्गीकरण गर्दा निस्किएका पुनः प्रयोग गर्न सकिने फोहाेरजन्य सामग्री बिक्रीको प्रबन्ध गरिने पनि जनाएको छ।

श्रेष्ठका अनुसार स्रोतमा नै फोहाेरको वर्गीकरण गर्नुको फाइदा र आवश्यकताबारे पहिलो चरणमा नगरवासीलाई जानकारी गराइनेछ।