१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o६:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

रानी जमरा कुलरियाको ४.७१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:o९:oo

कैलालीस्थित राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट उत्पादित ४.७१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । गत पुस पहिलो साताबाट आन्तरिक परीक्षण उत्पादन सुरु भएको आयोजनाको विद्युत् मंगबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको आयोजनाको वरिष्ठ डिभिजनल इन्जिनियर टोपबहादुर खत्रीले जानकारी दिए ।

निर्माणकै चरणमा रहेको आयोजनाले ‘बाइप्रडक्ट’को रूपमा विद्युत् उत्पादन सुरु गरेको हो । आयोजनाले जानकी गाउँपालिकास्थित कटासेमा  रहेको विद्युत्गृहमा तीनवटा टर्वाइन छन् । विद्युत् उत्पादन गर्न कर्णाली नदीबाट ८० क्युमेक पानी लगिएको छ । त्यसमध्ये सिँचाइका लागि ५५ क्युमेक पानी नहरमा छोडिएको छ । बाँकी पानी आयोजनास्थलभन्दा करिब पाँच सय मिटर तलबाट कर्णाली नदीमै फर्काइएको छ । 

यो बिजुली नेपाल विद्युत् प्राधिकरणको लम्कीस्थित सबस्टेसनमा जोडिएको छ । विद्युत्गृहदेखि सबस्टेसनसम्म ६ किलोमिटर लामो प्रसारण लाइन बनाइएको छ । आयोजना कार्यालयका अनुसार एक अर्ब ७३ करोडको लागतमा विद्युत् आयोजना, ५.८ किलोमिटर सिँचाइ नहर र अन्य संरचना निर्माण गर्न एसइडब्लू–तुन्डी कन्स्ट्रक्सन जेभीसँग २० असार ०७१ मा सम्झौता गरेको थियो । त्यसमध्ये विद्युत् आयोजनाको मात्र लागत ५५ करोड रुपैयाँ रहेको छ ।

हिउँदका कारण अहिले प्राधिकरणले भारतबाट बिजुली आयात गरिरहेको छ । यस्तो समयमा रानी जमरा कुलरिया आयोजनाबाट प्राप्त ४.७१ मेगावाट बिजुलीले स्वदेशी माग धान्न सहयोग पुग्ने प्राधिकरणको अत्तरिया ग्रिड प्रमुख उपेन्द्र श्रेष्ठले बताए । सुदूरपश्चिमको माग धान्न टनकपुर प्रसारणलाइनबाट ७० मेगावाट विद्युत् आयात भइरहेको छ । अब त्ययसमा कमी आउने श्रेष्ठले बताए ।

यस्तै, यो आयोजनाबाट १२ महिना पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिन्छ । नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनामा जस्तो हिउँदमा कम र बर्खामा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने प्रवृत्ति यसमा हुँदैन । त्यो अवस्थामा हिउँद र बर्खाको विद्युत् उत्पादनमा हुने अन्तरलाई कम गर्न यस्ता आयोजनाको महŒवपूर्ण योगदान हुने आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनियर वीरसिंह धामीले बताए । उनका अनुसार आयोजनाबाट वार्षिक ४२ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । 

ad
ad