१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १४:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

दातृ राष्ट्रलाई गाजामा सहयोगकाे ग्यारेन्टी गर्न महासचिव गुटेरेसको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:१५:oo

संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले गत अक्टोबर ७ मा इजरायलमाथि हमासको आक्रमणमा कर्मचारीको संलग्नता रहेको आरोप लागेपछि दातृ राष्ट्रहरूलाई प्यालेस्टिनी शरणार्थी निकाय (युएनआरडब्लुए) को ‘निरन्तरताको ग्यारेन्टी’दिन आग्रह गरेका छन्।  

गुटेरेसले एक विज्ञप्ति जारी गर्दै भने, ‘मैले उहाँहरूको चिन्ता बुझेको छु। म आफैँ यी आरोपहरूप्रति चिन्तित भएको छु। मैले युएनआरडब्लुएको सहयोगको निरन्तरताको सुनिश्चित गर्न आफ्नो योगदान स्थगित गरेका सरकारहरूलाई जोडदार अपिल गर्दछु।’

इजरायलले हमासको आक्रमणमा युएनआरडब्लुएका कैयौँ कर्मचारीको संलग्नता रहेको आरोप लगाउँदै आएको छ जसका कारण केही प्रमुख दातृ राष्ट्रहरूले आफ्नो आर्थिक सहायता रोकेका छन्।

युएनआरडब्लुएले इजरायलको आरोपका लागि धेरै कर्मचारीलाई बर्खास्त गरेको थियो भने दाबीहरूको विस्तृत अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको थियो । इजरायलले युद्धपछि गाजामा युएनआरडब्लुएको काम रोक्ने प्रतिज्ञा गरेको थियो।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय अदालतले शुक्रबार इजरायलले द्वन्द्वमा नरसंहारका सम्भावित गतिविधि रोक्न र गाजामा थप सहायताका लागि अनुमति दिनुपर्ने फैसला सुनाएपछि इजरायल र युएनआरडब्लुएबीच विवाद उत्पन्न भएको हो।

गुटेरेसले भनेका छन्, ‘यी कर्मचारीहरूको घृणित कथित कार्यको परिणाम हुनुपर्दछ। तर, युएनआरडब्लुएमा काम गर्ने दशौँ हजार पुरुष र महिला, धेरै मानवतावादी कामदारहरूका लागि सबैभन्दा खतरनाक अवस्थामा, दण्डित हुनुहुँदैन,’ उनले थपे।  ‘तिनीहरूले सेवा गर्ने निराश जनसंख्याको आवश्यकताहरू पूरा गर्नैपर्छ।’ 

युएनआरडब्लुएका १२ जना कर्मचारीको नाम उक्त अभियोगमा उल्लेख गरिएको पुष्टि गर्दै नौजनालाई बर्खास्त गरिएको, एकजनाको मृत्यु भएको र अन्य दुईको पहिचान खुलाइएको गुटेरेसले बताए। 

संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा र स्विट्जरल्यान्डलगायतका आरोपपछि युएनआरडब्लुएका केही प्रमुख दातृ राष्ट्रहरूले आफ्नो सेवा अस्थायी रूपमा स्थगन गर्ने बताएका छन्।

हमासले शनिबार युएनआरडब्लुएविरुद्ध इजरायलको ‘धम्की’को निन्दा गर्दै संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संस्थालाई ‘धम्की र ब्ल्याकमेलिङमा नजान’ आग्रह गरेको छ।

गत अक्टोबर ७ मा इस्लामिक समूहले गरेको आक्रमणमा इजरायलमा करिब एक हजार एक सय ४० जनाको मृत्यु भएको एएफपीलाई प्राप्त तथ्यांकमा उल्लेख छ। 

लडाकुहरूले करिब दुई सय ५० बन्धकहरूलाई कब्जामा लिएकोमा बन्धक तथा बन्दीहरूको आदान–प्रदान सम्झौताअन्तर्गत भएको युद्धविरामका क्रममा कम्तीमा एक सय बन्धकलाई फिर्ता गरिएको छ भने तीमध्ये करिब एक सय ३२ जना गाजामा रहेको बताइएको छ। 

गाजास्थित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबरको अन्त्यदेखि सुरु भएको इजरायली सैन्य कारबाहीमा कम्तीमा २६ हजार दुई सय ५७ जनाको मृत्यु भएको छ। रासस 

ad
ad