१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o९:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धादिङमा फागुन ४ मा सालक दिवस मनाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:o८:oo

धादिङमा आगामी फागुन ४ गते सालक दिवस मनाइने भएको छ । नागरिकलाई सालकबारे जनचेतना फैलाउने र संरक्षण गर्ने उद्देश्यले सालक दिवस मनाउन लागिएको हो । लोप हुँदै गएको सालकको संरक्षण गर्न सालक दिवस मनाउन लागिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्यले बताए ।

‘धादिङमा धेरै ठाउँमा सालक पाइन्छ। गोर्खा सिमाना बुढीगण्डकीदेखि देशकै राजधानी काठमाडौंसम्मै धादिङमा सालक पाइन्छ । तर, धेरैलाई सालकबारे जानकारी नै छैन,’ उनले भने, ‘नागरिकलाई सचेतना फैलाउनु हाम्रो जिम्मेवारी पनि हो । सालक जोगाउने अभियानकै रूपमा लागेका छौँ । यसले सालक चोरी–निकासी हुन पनि रोक्न सहयोग पुग्नेछ ।’

विद्यार्थीलाई सालकबारे जानकारी दिन सके प्रभावकारी हुने उनले बताए । विद्यार्थीबाट सहज रूपमा प्रचारप्रसार हुने हुनाले विद्यार्थीलाई फोकस गरेर कार्यक्रम गर्दै छौँ । फागुन ४ गते जिल्ला सदरमुकाम धादिङबेँसीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा मनाउने तयारी भएको हो । ‘सामुदायिक वनका उपभोक्ता समिति, टोल सुधार समितिलगायत सबैलाई सालकको विषयमा जानकारी दिने सोच छ । त्यसैले सबैमा चेतना फैलाउने हाम्रो अभियान हो,’ उनले भने ।

सालकबारे तयार गरिएको गीत, कथा, कविता समावेश गरी पुस्तिकासमेत प्रकाशन गरिने उनले बताए । सालकसम्बन्धी भजन, तथा नृत्यहरूसमेत प्रस्तुत गरिनेछ । दुर्लभ मानिएको सालक धादिङलगायत बागमती प्रदेशका १३ वटै जिल्लामा पाइन्छ ।
 

ad
ad