१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
photo : AP
२o८१ बैशाख १८ मंगलबार २१:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

साबालेन्का अस्ट्रेलियन ओपनको फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार २१:५३:oo

बेलारुसकी स्टार आर्यना साबालेन्का वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेकी छिन् । बिहीबार मेलबर्न पार्कमा भएको महिला  एकलतर्फको सेमिफाइनलमा अमेरिकी प्रतिद्वन्द्वी कोको गौफलाई हराउँदै लगातार उपाधिनजिक पुगेकी हुन् । 

२५ वर्षीया साबालेन्काले १९ वर्षीया गौफलाई ७–६, ७–२ र ६–४ को सेटमा पराजित गरेकी हुन् । गौफ चौथो वरीयताकी खेलाडी हुन् । साबालेन्का सन् २०१६/१७ सिजनपछि लगातार दुईपटक अस्ट्रेलियन ओपनको फाइनलमा पुग्ने पहिलो महिला खेलाडी हुन् । 

सन् २०१६/१७ मा अमेरिकी खेलाडी सेरेना विलियम्स लगातार दुईपटक अस्ट्रेलियन ओपनको महिला एकलतर्फको फाइनलमा पुगेकी थिइन् । सेरेनाले हाल सन्न्यास लिइसकेकी छिन् । 

साबालेन्काले हालसम्म एकपटक ग्रान्डस्लाम प्रतियोगिताको उपाधि जितेकी छिन् । उनले सन् २०२३ मा अस्ट्रेलियन ओपनकै उपाधि चुमेकी थिइन् । साबालेन्काले आफ्नो प्रतिद्वन्द्वीले बलियो प्रदर्शन गरे पनि आफूले सहज प्रदर्शन गरेको बताइन् । उनले प्रतिद्वन्द्वीको प्रदर्शनमा केन्द्रित रहेर खेल्न सफल भएको बताएकी छिन् । 

‘म आफैँमा खेल्न तयार थिएँ । सबै ध्यान बलमा थियो,’ सेमिफाइनल जितेपछि साबालेन्काले भनिन्, ‘गौफले धेरै राम्रो खेलेकी हुन् । उनले हरेक बल मतर्फ फर्काइरहेकी थिइन् । तर, म पनि हरेक बल सामना गर्न तयार थिएँ ।’ 

न्युयोर्क च्याम्पियन गौफले ग्रान्डस्लाम प्रतियोगिताको दोस्रो उपाधि जित्ने अवसर गुमाइन् । यसअघि सन् २०२३ मा युएस ओपनको उपाधि जितेकी थिइन् । 

ad
ad