१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० माघ १० बुधबार ०८:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आगामी बजेटमा अधुरा आयोजनाको निर्माण कार्यमा जोड हुन्छ : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० माघ १० बुधबार ०८:१०:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी बजेट कनिका छरेजस्तो नभई अधुरा आयोजनाको निर्माण कार्य सम्पन्न गर्नमा जोड दिइने बताएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धी बैठकमा प्रधानमन्त्रीले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने बताए । 

पुराना योजना अलपत्र पर्ने, तर नयाँ–नयाँ योजना थपिँदै जाँदा एकातिर काम नहुने र अर्कोतर्फ ठूलो स्रोत खेर जाने भएकाले यसतर्फ गम्भीर हुन प्रधानमन्त्रीले अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराए । ‘विकास भनेको योजनाबद्ध हुन्छ, हुनुपर्छ । विनासम्भाव्यता अध्ययन, विनाउपयोगिता जहाँ पनि विकास माग्ने, तर त्यसको अपनत्व पनि नलिने, स्रोत पनि नपुग्ने र विनियोजित बजेट पनि फ्रिज हुने विडम्बना छ । त्यसबाट हामी माथि उठ्नैपर्छ,’ बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यसपटकको बजेट कनिका छरेजस्तो हुँदैन । विगतमा छनोट भएर अधुरा रहेका योजना सम्पन्न गर्न सम्पूर्ण तागत लगाउनुपर्छ ।’

अर्थतन्त्रका सूचकहरू सकारात्मक भए पनि दबाबमुक्त नभइसकेको उनले बताए । आगामी बजेटबाट देशको समृद्धिको कार्यभार पूरा हुने गरी ‘ब्रेक थ्रु’ गर्नुपर्ने आवश्यकता उनले औँल्याए । प्रधानमन्त्रीले आगामी वर्ष र तीन वर्षका लागि स्रोतको अनुमान गरी सिलिङलाई अन्तिम रूप दिने, त्यसअघि योजना आयोग र अर्थ मन्त्रालयले सबै मन्त्रालयसँग घनीभूत छलफल गर्ने, हाल कार्यान्वयनमा रहेका आयोजनाहरू सम्पन्न हुने गरी बजेट विनियोजन गरिसकेपछि मात्र नयाँ कार्यक्रम तथा योजनाका लागि बजेट राख्नेलगायतका धारणा राखेका थिए ।