१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०८० माघ ९ मंगलबार १०:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस नेतृ द्रौपदा शर्मा पोख्रेलको निधन    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०८० माघ ९ मंगलबार १०:१३:००

नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोख्रेलको एक सय एक वर्षकाे उमेरमा आज बिहान सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको छ । प्रजातन्त्र सेनानी स्वर्गीय गोबर्द्धन शर्मा पोख्रेलकी धर्मपत्नी द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनर्स्थापनाका लागि अतुलनीय योगदान रहेको थियो । उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला संघको अध्यक्ष बनेकी थिइन्।

गोबर्द्धन शर्माको सर्वस्व हरणपछि उनलाई ०१८ सालको जनक्रान्तिमा गिरफ्तार गरेर पैदल हिँडाएर पोखरा हिरासतमा लगिएको थियो । गोबर्द्धन शर्मा स्मृति ट्रस्टको अध्यक्ष र संरक्षक द्रौपदाका चार छोरा रामचन्द्र, कृष्णचन्द्र, डा. जगदीशचन्द्र र सुवास पोख्रेल तथा छोरीद्वय प्रियंबदा र सत्यवती छन् । उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्रले जानकारी दिए । रासस