१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १८:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आगामी वैशाखदेखि नेपालगन्जमा सुर्तीजन्य पदार्थ निषेध गर्ने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:o६:oo

आगामी १ वैशाखदेखि नेपालगन्ज उपमहानगरपालिकामा सुर्तीजन्य पदार्थ पूर्ण रूपमा निषेध गरिने भएको छ।

नेपालगन्जका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले १ वैशाख २०८१ देखि नगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको उपभोग तथा बिक्री-वितरण पूर्ण रूपमा निषेध गर्ने गरी तयारी गर्ने निर्णय गरेको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए।

बैठकले सुर्तीजन्य पदार्थबाट हुने हानी नोक्सानीबारे विभिन्न माध्यमबाट पालिकाभर व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, उपमहानगरपालिका कार्यालयसँगै वडा कार्यालय र नगरभित्रका सम्पूर्ण कार्यालयमा सुर्तीजन्य पदार्थको उपभोग तथा वितरणमा निषेध गर्ने गरी सचेतनामूलक सूचनापाटी टाँस गर्ने एवं सुर्तीजन्य पदार्थको उत्पादन र बिक्री-वितरण गर्ने निकाय एवं व्यवसायीको तथ्यांक संकलन गर्ने निर्णय भएको चन्दले जानकारी दिए।

‘वैशाख १ देखि नगरलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको छ। त्यसअघि सचेतना प्रवर्द्धनसँगै तयारी अभियान चलाउँछौँ,’ नगर प्रमुख विष्टले भने।

नेपाल सरकारका उपसचिव पुष्कर नेपालले संघीय ऐनमा सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रणका विषयमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकारले तदारुकता देखाउन आवश्यक रहेको बताए।

ad
ad