१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १८:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

नगरस्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि रुम्जाटार माविलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १८:२९:oo

सिद्धिचरण नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि रुम्जाटार माध्यमिक विद्यालयले जितेको छ। प्रतियोगितामा ४९ स्वर्ण, आठ रजत र ११ कांस्य गरी ६८ पदकसहित रुम्जाटार माविले उपाधि हात पारेको हो।

१८ स्वर्ण, २६ रजत र ६ कांस्य गरी ५० पदकसहित लालीगुराँस इंग्लिस स्कुल द्वितीय हुँदा सगरमाथा जनता मावि ओखलढुंगा १० स्वर्ण, १६ रजत र तीन कांस्य गरी २९ पदकसहित तृतीय भएको छ।

विजेता विद्यालयका खेलाडीलाई पूर्वमन्त्री अम्बिरबाबु गुरुङले सिल्ड, मेडल र प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेकाे नगरपालिकाका शिक्षा शाखा प्रमुख फणिन्द्र कटवालले जानकारी दिए।

पालिकाका १८ वटा विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा जनता माविले भने खेलमा धाँधली भएको भन्दै शनिबार खेल बहिष्कार गरेको थियो। रुम्जाटार माविको खेल मैदानमा पुस ४ देखि ७ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा भलिबल, दौड, हाइजम्प, लङजम्पलगायतका खेलहरू भएका थिए।

ad
ad