Skip This
अचानक घरमा आगलागी हुँदा एकको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ५ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o माघ ५ शुक्रबार १६:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अचानक घरमा आगलागी हुँदा एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ ५ शुक्रबार १६:o३:oo

लमजुङको मर्स्याङ्दी गाउँपालिका– ४ स्यागेमा घर आगलागीमा परेर एकको मृत्यु भएको छ। गएराति अचानक घरमा आगलागी हुँदा ४४ वर्षीया सन्तमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक श्रेष्ठका श्रीमान् ४५ वर्षीय राजेन्द्र श्रेष्ठ भने भागेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईले बताए। स्थानीय र प्रहरीले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि घरसमेत जलेर नष्ट भएको उनको भनाइ छ।

श्रेष्ठ परिवार बेँसीसहर नगरपालिका– २ घर भई करिब ११ वर्षदेखि उक्त स्थानमा किराना र कपडा पसल सञ्चालन गर्दै आएको थियो। बाहिर फलामको खामोसहित सटर र जस्तापाताको छानो रहेको घरका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

क्षतिको मुचुल्का उठाउने कार्य भइरहेको छ। चारजनाको परिवार रहे पनि श्रीमान् र श्रीमती मात्रै बस्दै आएको र छोराछोरी काठमाडौंमा बस्दै आएको बताइएको छ। रासस