१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ ४ बिहीबार १७:२४:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मधेश प्रदेशसँग एपिएफ क्लब स्तब्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ ४ बिहीबार १७:२४:००

प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेश प्रदेशले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पाँच विकेटले पराजित गरेको छ।

जितका लागि दुई सय ४७ रनको लक्ष्य पछ्याएको मधेश प्रदेशले ४८ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। प्रधानमन्त्री कप क्रिकेटमा मधेश प्रदेशले एपिएफलाई पहिलोपटक पराजित गरेको हो। 

मधेशको जितमा रूपेश सिंहले ७२ बल खेल्दै चार चौका र तीन छक्काको मद्दतमा अविजित ७२ रन बनाए। पवन सर्राफले ६४ रन बनाए भने नीरज यादवले ७० बलमा ५२ रनको योगदान दिए। साथै, अनिल शाहले २९ रन बनाए भने अभिशेख तिवारीले १७ रन बनाए। 

एपिएफका लागि अमर रौतेला र रोहित पौडलले समान दुई–दुई विकेट लिए भने मौसम ढकालले एक विकेट झारे।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४६ रनको योगफल बनाएको थियो। एपिएफका लागि आसिफ शेखले सर्वाधिक ५९ रनको योगदान दिएका थिए।

कप्तान रोहित पौडेलले ७४ बल खेल्दै पाँच चौका र दुई छक्काको मद्दतमा ५८ रन जोडे भने अमर रौतेलाले ५७ बल खेल्दै दुई चौका र तीन छक्काको मद्दतमा ४९ रन बनाए। त्यस्तै, सन्दीप जोराले २०, सुमित महर्जनले नौ, भुवन कार्कीले आठ तथा लोकेश बमले छ रन जोडे। मधेश प्रदेशका रूपेश सिंह र प्रदीप पासवानले समान तीन–तीन विकेट लिए।