Skip This
सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार १४:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १४:३९:oo

कोशी प्रदेश सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ। 

सुदूरपश्चिम प्रदेशले दिएको ८९ रनको लक्ष्य कोशीले १३ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । कोशीले फाइनलमा सशस्त्र प्रहरी बलसँग यही पुस १८ गते प्रतिस्पर्धा गर्नेछ।

कोशी प्रदेशको जितमा काजल श्रेष्ठले सर्वाधिक ३८ रनको योगदान दिइन्। उनले ३५ बलमा सात चौका प्रहार गरिन् । त्यसैगरी, कप्तान रुविना क्षेत्रीले २३ बल खेल्दै सात चौकाको मद्दतमा ३७ रन जोडिन्। अपसरी बेगम १२ रनमा अविजित रहिन्। 
    
सुदूरपश्चिमका लागि लक्ष्मी साउदले एक विकेट लिइन्। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८८ रनको योगफल बनाएको थियो। 

उसका लागि सम्झना खड्काले सर्वाधिक २५ रनको योगदान दिइन्। त्यस्तै इन्दु बर्माले १७ तथा कविता जोशीले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। रुवि पोडार, लक्ष्मी साउद र अनु कठायतले समान सात–सात रन बनाए। 

कोशीका लागि संगीता राईले दुई विकेट लिइन भने निशा शाह, अलिसा खादिया र सवनम राईले समान एक–एक विकेट लिए। 

ad
ad