१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १o:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्रांगारिक कृषि मेलाको तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:१३:oo

बुटवल उद्योग वाणिज्य संघले फागुनमा बुटवलमा हुने प्रांगारिक कृषि मेलाको तयारीका क्रममा परामर्श बैठक गरेको छ । बुधबार संघको सचिवालयमा गरिएको बैठकमा कृषिसंग सम्बन्धित सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, संघका परामर्शदातालगायतको सहभागिता रहेको थियो । संघको आयोजनामा फागुन १० देखि १४ गतेसम्म बुटवलमा प्रांगारिक कृषि मेला हुँदै छ । 

बैठकमा मेलाका बारेमा जानकारी गराउँदै संघका अध्यक्ष हरिप्रसाद अर्यालले कृषिमा यान्त्रिकीकरण तथा वैज्ञानिक कृषि प्रणालीको प्रवद्र्धन गरी व्यावसायिक कृषिको विकासका लागि प्रांगारिक कृषि प्रणालीलाई जोड दिएर कृषि मेला आयोजना गरिएको बताए ।

मेलालाई नाफा–घाटाभन्दा पनि सफल बनाउन सबैको उत्तिकै भूमिका रहने भन्दै उनले कृषिमा व्यावसायिक विकासका माध्यमबाट मुलुकको अर्थतन्त्रमा पनि ठूलो योगदान हुन सक्ने बताए । कृषिमा आधारित औद्योगिक विकासलाई पनि सँगसँगै अगाडि बढाउन सकिने धारणा राख्दै अर्यालले मेला सफल बनाउनका लागि आफ्नो ठाउँबाट सहयोग गर्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूलाई आग्रहसमेत गरे । त्यस अवसरमा संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले नेपालमा बहुसंख्यक जनता कृषि कर्ममा रहे पनि मुलुकको अर्थतन्त्रमा कृषिको योगदान न्यून हुनु राम्रो नभएको बताउँदै कृषि व्यवसायलाई प्रवद्र्धन विकास गर्नका लागि संघले विगतदेखि नियमित रूपमा कृषिमेला सञ्चालन गर्दै आएको बताए ।

संघका पूर्वअध्यक्ष खिमबहादुर हमालले व्यावसायिक कृषिको विकासका लागि संघले ०६२ सालदेखि विशिष्टीकृत कृषिमेला सञ्चालन गर्दै आएको र छैटौँ र एघारौँ राष्ट्रिय प्रांगारिक कृषिमेला पनि सफलतापूर्वक सम्पन्न गर्न सफल भएको जानकारी गराए । 

बैठकमा लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालय निर्देशक रामप्रसाद पाण्डे, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका पशु विकास अधिकृत लोकराज भुसाललगायतले कृषिको व्यावसायिक विकासलाई जोड दिएर बुटवल उद्योग वाणिज्य संघले निरन्तर कृषिमेला गर्दै आएको भन्दै पछिल्लोपटक आयोजना गरिएको कृषिमेलालाई सफल बनाउन आफ्नो कार्यालयको तर्फबाट पूर्ण सहयोग रहने बताए । 

ad
ad