१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० माघ २ मंगलबार ०८:४४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ऋण पुनर्संरचना गर्न व्यवसायीको माग

Read Time : < 1 मिनेट
२०८० माघ २ मंगलबार ०८:४४:००

बैंक, लघुवित्त तथा सहकारीहरूको नीतिगत भ्रष्टाचारका कारणले आफूहरू अप्ठ्यारो अवस्थामा पुगेको भन्दै व्यवसायीले कर्जा पुनर्संरचनाको माग गरेका छन् ।

लहानमा सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरूले आर्थिक मन्दीका कारणले अप्ठ्यारो अवस्थामा रहेको समयमा बैंक, वित्तीय संस्थाहरूले जायजेथा लिलाम, पसल सटरमा तालाबन्दी, सुरक्षा गार्ड राखेर आतंकित बनाइरहेको गुनासो गरे । ७ प्रतिशत ब्याजमा लिइएको ऋण विभिन्न बहानामा १७–१८ प्रतिशतसम्म पुर्‍याइएपछि आफूहरू ब्याजसमेत तिर्ने अवस्थामा नरहेको व्यवसायीहरूको गुनासो छ ।  

सिराहाको मिर्चैयाका व्यापारी देवकृष्ण साहले बैंकले सम्झौताभन्दा दोब्बर बढी ब्याज, धितोबापत राखिएको जायजेथा मूल्यांकनभन्दा कम मूल्यमा पास गरिरहँदा पनि राष्ट्र बैंक मौन बसेको आरोप लगाए ।

बैंक, वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गरिरहेका व्यापारीका लागि ऋण समायोजन गरी कम्तीमा २० देखि २५ वर्ष अवधि बनाइए ठूलो राहत हुने उनले बताए । त्यसका लागि राष्ट्र बैंकले जारी गरेको चालू पुँजी निर्देशिका खारेज गरिनुपर्ने उनको माग छ ।