मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १२:o५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ब्राजिलमा आँधीका कारण ११ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o५:oo

ब्राजिलको दक्षिणपूर्वी सहर रियो दि जेनेरियोमा हालै आएको आँधीबेहरीपछि आएको बाढी र पहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ।

आइतबार बिहान आएको आँधीले सहरको उत्तरी क्षेत्रका साथै छिमेकी नगरपालिकाहरू नितरोय, डुक डे काक्सियास, बेलफोर्ड रोक्सो र साओ जोस डे मेरिटीलाई प्रभावित गरेको स्थानीय अधिकारीले जनाएका छन्। 

बाढीका कारण सयौँ मानिसले आफ्नो घर खाली गर्नुपरेको दमकल विभागले जनाएको छ। उनीहरूलाई प्रभावित क्षेत्रबाट सुरक्षित क्षेत्रमा स्थापना गरिएका शिविरहरूमा राखिएको छ। 

शिविरहरूको व्यवस्थापनका लागि सुरक्षाकर्मीलगायतका विपत् व्यवस्थापन निकायका अधिकारीलाई खटाइएको छ। सहरका मेयर एडुआर्डो पेसले आपतकालीन स्रोतसाधन र बाढीबाट प्रभावित मानिसको हेरचाहका लागि संकटकालीन अवस्थाको घोषणा गरेका छन्।