१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २o:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

हुन्डी कारोबार गर्ने दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:५६:oo

नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशनविपरीत हुन्डी कारोबार गर्ने दुईजनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–५ घर भई हाल जिल्ला काठमाडौं कपन बस्ने ३९ वर्षीय भीमसेन गौतम र चितवन राप्ती नगरपालिका–४ घर भई हाल काठमाडौं सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतम छन्। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक मिलन केसीले काठमाडौं महानगरपालिका–२२ महाबौद्ध क्षेत्रमा भीमसेन गौतमसमेतका व्यक्तिले हुन्डीमार्फत वित्तीय कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। 

प्रहरीले गौतमको साथबाट नेपाली एक हजार दरका ६ सय थान नोट र पाँच सय दरका चार सय थान नोट गरी आठ लाख रुपैयाँ बरामद गरेको छ। 

यसैगरी, राजु गौतमको महाबौद्धस्थित कुमारी आर्केटको २०२ नम्बरको राधाकृष्ण जनरल स्टोरबाट विभिन्न बैंक तथा सहकारीको १७ वटा चेकमा उल्लिखित रकम सात लाख ९७ हजार र नगद नेपाली एक हजार दरका ३९ थान नोट र पाँच सयका दरका एक हजार ७२ थान नोट गरी जम्मा पाँच लाख ७५ हजार फेला परेको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए। 

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडाैं पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

ad
ad