१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० पौष २७ शुक्रबार १६:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्विरोध

Read Time : < 1 मिनेट
२०८० पौष २७ शुक्रबार १६:४९:००

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध चयन भएका छन्। अध्यक्षमा रेशमको मात्र उम्मेदवारी परे पनि निर्वाचन समितिले निर्वाचित भएको औपचारिक घोषणा भने गरिसकेको छैन।

अध्यक्षसहित अधिकांश पदाधिकारीमा निर्विरोध भएका जानकी गाउँपालिकाका अध्यक्षसमेत रहेका नागरिक उन्मुक्ति पार्टीका नेता गणेश चौधरीले जानकारी दिए। वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित निर्विरोध भएका छन्।

महासचिवमा भने दुईजनाको दाबी कायम रहेको छ। लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री धर्म थारू र कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गंगा चौधरीले महासचिवमा दाबी कामय राखेका छन्। दुईमध्ये महासचिव कसलाई बनाउने भन्ने टुंगाे नलागेको नेता चौधरीले बताए। महासचिवका दाबेदार अरू नेताहरू पनि थिए।

यसअघि नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम पत्नी रञ्जिता श्रेष्ठ थिइन्। उनी नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री हुन्।

टीकापुर घटनामा दोषी ठहर भई आजीवन कारावासको सजाय पाएका रेशम बाँकी कैद मिनाहा भएर गत जेठमा कैदमुक्त भएका थिए। संविधान जारी हुनुअघि थरुहट आन्दोलनका क्रममा टीकापुरमा हिंसात्मक झडप हुँदा आठ प्रहरी र एक नाबालक मारिएका घटनामा उनी दोषी ठहर भएका थिए।