१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १९:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

नवनिर्मित राममन्दिर पाँच मण्डपसहित १६१ फिट अग्लो हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १९:५६:oo

अयोध्यामा निर्माणाधीन राममन्दिरको स्वरूप परम्परागत नगरा शैलीमा रहेको र मन्दिरको लम्बाइ ३८० फिट, चौडाइ २५० फिट र उचाइ १६१ फिट रहेको श्रीराम जन्मभूमि तीर्थ क्षेत्र कोषले जनाएको छ। 

मन्दिरहरूमा शिखरा शैलीकाे अग्लो पिरामिड आकारका टावरहरू रहनेछन् भने शिखरमा कलशसहित मन्दिरका स्तम्भ तथा पर्खालहरू मूर्तिकलाले सजिएका छन्।

तीनतले मन्दिरमा तीन सय ९२ स्तम्भ तथा ४४ ढोका बनाइएको छ। मन्दिरको सबैभन्दा विशेष स्थान भगवान श्रीरामको प्रतिमूर्ति राखिने गर्भगृहमा उनको बाल्यकालको स्वरूप र पहिलो तलामा श्रीराम दरबार रहनेछ।

मन्दिरमा नृत्यमण्डप, रंगमण्डप, सभामण्डप, प्रार्थना र कीर्तन मण्डप गरी पाँच मण्डप बनाइएको छ। 

मन्दिरका स्तम्भ तथा पर्खाल देवी देवताहरूका मूर्तिले सजिएका छन्। सिंहद्वार हुँदै ३२ वटा सिँढी चढेर पूर्वबाट मन्दिर प्रवेश गर्न सकिन्छ। असहजताको सुविधाका लागि  लिफ्टलगायतको व्यवस्था गरिएको छ।

सात सय ३२ मिटर लम्बाइ तथा १४ फिट चौडाइ भएको आयतकार पर्खालले मन्दिरलाई घेरेको छ। मन्दिर परिसरको चार कुनामा सूर्यदेव, देवी भगवती, गणेश मन्दिर बनाइएको छ। उत्तरमा माता अन्नपूर्णको मन्दिर र दक्षिणमा हनुमानजीको मन्दिर रहनेछ। (रासस/एएनआई)

ad
ad