१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नौवटा निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:५२:oo

सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै विभिन्न नौवटा निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ।

स्पष्टीकरण मागिएका निर्माण कम्पनीमा पुष्पाञ्जली कन्स्ट्रक्सन एन्ड सप्लायर्स काठमाडौं, न्यु भेरी इन्जिनियरिङ वर्कसप सुर्खेत, आराभाली इन्फ्रापावर भारत नयाँदिल्ली, प्रनिश इन्टरनेसनल प्रालि काठमाडौं, कोशी निर्माण सेवा काठमाडौं, दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकोन प्राइभेट लिमिटेड, मामाभान्जा निर्माण सेवा उदयपुर, सत्यस्वरी कन्स्ट्रक्सन प्रालि काठमाडौं र पाँचखाल कन्स्ट्रक्सन प्रालि काठमाडौं छन्। 

सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव विष्णुप्रसाद शर्माले भने, ‘विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राखिदिन सिफारिस भएपछि सुरुमा ३० दिनको मौका दिएर स्पष्टीकरण माग गरिएकामा त्यसको समयावधि पूरा गरेपछि अहिले थप सातदिने स्पष्टीकरण मागिएको हो, सात दिनमा पनि स्पष्टीकरण नआए कालोसूचीमा राखिनेछ।’ 
 

ad
ad