१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

शारीरिक सक्रियताको कमीले हुन सक्छ जोर्नी दुखाइ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:१o:oo

गर्मीको दाँजोमा जाडो मौसममा मानिस कम सक्रिय रहन्छन् । शारीरिक सक्रियताको कमीका कारण देखिने समस्यामध्ये हाडजोर्नीको दुखाइ महसुस हुनु एक हो । अन्य कारणले पनि जोर्नी दुखेको हुन सक्छ । चिसोका कारण स्नायुु रिसेप्टर्सको दुखाइ सहने क्षमता घटेर यस्तो महसुस भएको हुन सक्छ । त्यस्तै, अत्यधिक जाडोले रक्तकोषिकहरू खुम्चिएर औँला, घुँडा, पैतालालगायतमा रक्तप्रवाह घटेर दुखाइ बढ्न सक्छ । तापक्रम घट्दा मांसपेशीमा दुखाइ बढ्छ र जोर्नीहरू पहिलेको दाँजोमा कडा बन्छन् । त्यस्तै, जाडोमा घरभित्रै बस्ने मानिसमा घामको प्रकाशको कमीका कारण भिटामिन डीको मात्रा कम हुन सक्छ, जसकारण हड्डी र मांसपेशीको कार्यप्रणाली तथा स्वास्थ्यमा असर गर्छ । 

‘जोर्नी दुखाइ सधैँ हुन सक्छ । यसका विभिन्न कारण छन् । तर, कतिपयले जाडोमा धेरै दुखाइ महसुस गर्नुहुन्छ । युरिकएसिडको बाथ चिसोका कारण बल्झिने, खुट्टा दुख्ने हुन सक्छ । जोर्नीभित्र तरल पदार्थ (भिस्कोसिटीहरू)मा जाडोमा बाक्लोपन बढ्छ । जसकारण अररो पनि हुन्छ । अनि कतिपयलाई दुखाइ महसुस हुन्छ,’ त्रिवि शिक्षण अस्पताल महाराजगन्जका रिम्याटोलोजिस्ट डा. साकेत झाले भने, ‘जाडोमा शरीरका कोर अंगहरूलाई तातो पार्नका लागि नाक चिसो हुने, खुट्टाहरू चिसो हुनेलगायत लक्षण देखिन्छन् । यो नर्मल मेकानिजम भयो, हात निलो हुने, रक्तसञ्चार राम्रो नहुँदा सेतो हुनेलगायत पनि हुन्छ । पानी चलाइरहने मानिसमा हातहरूमा जोर्नीवरिपरि दुख्ने, औँलाहरू दुख्ने, हात कालो हुने हुन्छ ।’ 

जाडोमा जति पनि जोर्नीका समस्या धेरै हुन्छ । यसमा उमेरले गर्दा हुने जोर्नी खिइने समस्या पनि देखिन्छ । बाथका कारण पनि समस्या देखिन्छ । रोगअनुसार फरक–फरक उपचार हुन्छ । पहिलो कुरा, न्यानो कपडा लगाउने, शरीरलाई सक्रिय राख्नुपर्‍यो । 

जाडोमा जीवनशैली र खानपानमा ध्यान दिएर यस्तो समस्या कम गर्न सकिने उनले बताए । ‘तातो गरी बस्नुपर्‍यो । शारीरिक रूपमा सक्रिय हुनुपर्छ । जाडोमा सकेसम्म चिसो पानी कम चलाउने । झोलिलो पदार्थहरू खाने गर्नुपर्छ,’ उनले भने । 

पोखरास्थित फेवासिटी हस्पिटलका हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. दिनेशकुमार विक बाथको समस्या, मोटोपन भएका व्यक्ति तथा वृद्धवृद्धामा समस्या दुखाइ धेरै महसुस हुने बताउँछन् । ‘जाडोमा जति पनि जोर्नीका समस्या धेरै हुन्छ । यसमा उमेरले गर्दा हुने जोर्नी खिइने समस्या पनि देखिन्छ । बाथका कारण पनि समस्या देखिन्छ ।

रोगअनुसार फरक–फरक उपचार हुन्छ । पहिलो कुरा, न्यानो कपडा लगाउने, शरीरलाई सक्रिय राख्नुपर्‍यो,’ उनले भने, ‘लामो समयसम्म जोर्नी दुख्ने, दुखाइ बढिरहने भएमा चिकित्सकसँग सल्लाह गर्नुपर्ने हुन्छ । युरिकएसिडलगायत विभिन्न समस्याका कारण यसअघि नै जोर्नी दुख्ने समस्या भएकाले जाडोमा धेरै दुख्यो भने औषधिको मात्रा मिलाउन चिकित्सकसँग सम्पर्क राख्नुपर्छ ।’

 कस्ता व्यायाम गर्न सकिन्छ ?
तौल घटाउने प्रयास गर्नुपर्छ । किनकि, तौल बढ्दा जोर्नीमा भार बढ्छ र दुखाइ पनि घट्छ । व्यायामले शरीरलाई सक्रिय राख्छ । तर, एकैपटक कडाखाले व्यायाम गर्नुहुँदैन । यसले उल्टै मांसपेशीलाई क्षति पुर्‍याउन सक्छ । हाडजोर्नीसँग सम्बन्धित समस्या भएकाहरूले जिम जानुअघि एकपटक चिकित्सकसँग परामर्श गर्नु राम्रो हुन्छ । 

जोर्नीहरूलाई लचिलो बनाउन दैनिक हिँड्न सकिन्छ । हिँड्दा तनाव कम हुन्छ र मानसिक रूपमा पनि आराम महसुस हुन्छ । तर, चिसोको समय घाम लागेर जमिन हल्का तातेपछि मात्रै हिँड्नु राम्रो हुन्छ । एकाबिहानै हिँड्न निस्कँदा चिसो र प्रदूषणको असरले उल्टै अन्य समस्या देखिन सक्छन् । घर वा जिम क्लबमा ट्रेडमिलमा हिँड्न पनि सकिन्छ । विभिन्न स्ट्रेचिङ गर्न सकिन्छ । 

दैनिक योग गर्दा पनि जोर्नीसँग सम्बन्धित समस्या कम भएर जान्छ । हाडजोर्नी बलियो बनाउन हठ योग वा रेस्टोरेटिभजस्ता आसन गर्न सकिन्छ । योग प्रशिक्षकसँग सल्लाह गरेर हाडजोर्नी बलियो बनाउने आसन गर्दा हुन्छ । 
साइक्लिङ अर्को राम्रो विकल्प हुन सक्छ । घरमै पनि विभिन्न कामहरू गरेर शारीरिक रूपमा सक्रिय रहन सकिन्छ । 

 खानपिनमा दिनुस् ध्यान 
ओमेगा ३ फ्याटी एसिडयुक्त खानेकुरा एभोकाडो, आलस, बियाँयुक्त खानेकुरा, ओखर, माछा आदिमा एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा हुन्छ । डाक्टरको सल्लाहमा भिटामिन डी सप्लिमेन्टस लिन सकिन्छ । बिहानको घाम ताप्नु राम्रो हुन्छ । 
कतिपयले जाडोमा जिउ तताउन भन्दै मदिरा लिने गरेका छन् । यो भ्रम हो । धूम्रपान र मदिराले जोर्नीहरू कमजोर बनाउने भएकाले यसबाट टाढै बस्नु राम्रो हुन्छ । त्यस्तै, जंकफुडबाट टाढा रहनु राम्रो हुन्छ । 

ad
ad