Skip This
‘हाम्रो बच्चा विपिन सुरक्षित घर फर्किन्छ, धैर्य गर्नुहोस् : मन्त्री साउद
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १५ आइतबार
  • Saturday, 27 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o पौष १५ आइतबार १४:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘हाम्रो बच्चा विपिन सुरक्षित घर फर्किन्छ, धैर्य गर्नुहोस् : मन्त्री साउद

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o पौष १५ आइतबार १४:२९:oo

परराष्ट्रमन्त्री एनपी साउदले हमास समूहको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि सरकारले सबै प्रयास जारी राखेको बताएका छन्। 

आइतबार कञ्चनपुरको महेन्द्रनगर भाँसीस्थित शुक्लाफाँटा रेडियोको १७औैँ वार्षिकोत्सव अवसरमा बोल्दै मन्त्री साउदले जोशीको रिहाइका लागि सरकारले गर्न सक्ने हरप्रयास जारी राखेको बताएका हुन्।

परराष्ट्रमन्त्री साउदले कञ्चनपुरकै स्थानीयसमेत रहेका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि आफू र सिंगो सरकारले कूटनीतिक तवरले काम गरिरहेको बताए।

‘हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका हाम्रै छोराभाइ विपिनको रिहाइका लागि मैले कतार भ्रमणका वेला त्यहाँका प्रधानमन्त्रीदेखि अन्य सबै निकायसँग प्रत्यक्ष छलफल गरेको छु,’ उनले भने, ‘पहिलो चरणमा वृद्धवृद्धा र बालबालिका रिहाइ भए। अब दोस्रो युद्धविराम हुँदा विपिन उच्च प्राथमिकताका साथ गर्छौँ भन्ने आश्वासन पाइएको छ।’ 

मन्त्री साउदले विपिनको रिहाइका लागि हमास समूहसँग सम्पर्कमा रहेका महत्वपूर्ण राष्ट्रका च्यानलमा प्रयास र छलफल जारी राखेको बताए। 

‘हाम्रो बच्चा विपिन सुरक्षित घर फर्किन्छ, धैर्य गर्नुहोस्,’ मन्त्री साउदले भने, ‘इजरायल–प्यालेस्टाइनबीचको दोस्रो युद्धविरामका वेला विपिनलाई छाड्ने कुरा भएको छ।’ 

कार्यक्रम स्थलमै पुगेका विपिन जोशीका बाबु महानन्द जोशी, आमा पदमा जोशी र दाजु किशोर जोशीले लामो समय हुँदा पनि रिहाइ नभएको भन्दै शीघ्र रिहाइका लागि पुन: मन्त्री साउदसँग अनुरोध गरेका छन्। 

मन्त्री साउदले विपिनका आमाबाबुसँग चिन्ता नगर्नुहोस्, सरकार विपिनको रिहाइका लागि हरप्रयासमा जारी रहेको आवश्वासन दिएका छन्। २० असोजमा हमास समूहले इजरायलमाथि हमला गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियाे भने विपिन जोशी अझै हमास समूहको नियन्त्रणमा छन्।