तमु धि नेपालको आयोजनामा पोखरामा तमु ल्होसार शुभकामना र्याली निकालिएको छ। पोखरामा बसोवास गर्ने विभिन्न तमु समाजको सहभागितामा शुभकामना र्याली निकालिएको हो।
गुरुङ जातिले आज पुस १५ गते तमु ल्होसारका रूपमा, तामाङलगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारका रूपमा तथा शेर्पा र भोटेलगायतका जातिले फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्पो ल्होसार मनाउने चलन छ।
आज नयाँ वर्ष सुरुवातको रूपमा गुरुङ जातिले तमु ल्होसार पर्व मनाउँदै छन्। तस्बिरमा हेर्नुहाेस् पोखराकाे तमु ल्होसार शुभकामना र्याली :