१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

चैतभित्रै जिल्ला अधिवेशन गर्ने एमाले गण्डकीको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:२४:oo

एमालेले गण्डकी प्रदेशमा रहेका पार्टीका जिल्ला अधिवेशन चैतभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । पार्टीको पोखरामा सम्पन्न पहिलो बैठकले प्रदेशभित्र रहेका ११ जिल्लाको अधिवेशन चैतभित्र सम्पन्न गर्ने निर्णय गरेको सचिव धनञ्जय दवाडी जानकारी दिए । बैठकले जनवर्गीय संगठनको अधिवेशन माघभित्र सम्पन्न गरी चैतभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको उनको भनाइ छ । 

बैठकले पार्टीअन्तर्गत प्रदेशका निर्वाचन क्षेत्र, भूगोल, जिल्ला, पालिका, जनवर्गीय संगठनलगायतमा विभागीय जिम्मेवारीसमेत तोकेको छ । पार्र्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षणसहित प्रथम अधिवेशनमा निर्वाचित ४० वर्षमुनिका कमिटी सदस्यका लागि नेतृत्व विकास कार्यशाला आयोजना गर्ने निर्णय गरेको दवाडीले जानकारी दिए । बैठकमा गत असोजमा सम्पन्न प्रदेशको पहिलो अधिवेशनबाट निर्वाचित भएर शपथ नलिएकालाई शपथसमेत गराइएको थियो ।

बैठकले पार्टीको प्रदेश कार्यालय सञ्चालनका लागि भवन किन्ने निर्णयसमेत गरेको प्रदेश अध्यक्ष नवराज शर्माले जानकारी दिए । उनका अनुसार पार्टीले पोखरा महानगरपालिका– ८ सिमलचौरनजिकै घर किन्न केही दिनअघि बैनासमेत गरिसकेको छ । नौ करोड ६५ लाखमा किन्न लागेको घरको केही दिनअघि बैनासमेत भएको उनले बताए । पास खर्च गरी घरको मूल्य १० करोडमाथि पर्ने उनको भनाइ छ । ‘चार महिनाभित्र पास गर्ने गरी बैना गरिसकिएको छ, आवश्यक रकम पार्टीसँग छैन, तर नेता, कार्यकर्ता र शुभेच्छुकहरूले सहयोगको वाचा गरेकाले आवश्यक रकम जुट्ने विश्वास छ,’ शर्माले भने ।

पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले एक वर्षमा उल्लेख्य काम गर्न नसकेको आरोप लगाए । सरकारको कामका कारण जनतामा निराशा बढ्दै गएको र देशसमेत बर्बादीतिर धकेलिएको गुरुङको भनाइ थियो । आमजनताको इच्छा र चाहनालाई सम्बोधन हुने गरी काम गर्न सरकारलाई उनको सुझाव थियो । देशलाई समृद्धिको मोडल र बाटोमा हिँडाउन सक्ने एक मात्र पार्टी एमाले रहेको उनले दाबी गरे ।

ad
ad