१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o८:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

गहुँको समर्थन मूल्य तोकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:५६:oo

बिहीबारको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६ सय ५० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको छ । गत वर्ष फागुनमा समर्थन मूल्य निर्धारण गरेको सरकारले यो वर्ष भने तुलनात्मक रूपमा छिटो, तर बाली लगाइसकेपछि मूल्य निर्धारण गरेको छ । सरकारले यसपटक निर्धारण गरेको गहुँको मूल्य गत वर्षको भन्दा प्रतिक्विन्टल दुई सय ९९ रुपैयाँ बढी हो । 

सरकारले निर्धारण गरेको मूल्यमा भने किसानले गहुँ बिक्री गर्न पाएका छैनन् । खरिद गर्ने सरकारी निकाय नभएको र व्यवसायीले सस्तोमा उठाउने भएकाले किसानले न्यूनतम समर्थन मूल्य पाउने गरेका छैनन् ।

ad
ad