१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २३ आइतबार १५:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

सशस्त्रसँग पर्सा ११ आठ रनले पराजित  

रनरेटको आधार पर्सा ११ सेमिफाइनलमा प्रवेश 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:१८:oo

प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको आजको खेलमा सशस्त्र प्रहरीले पर्सा ११ लाई आठ रनले पराजित गरेको छ।

नारायणी रंगशालामा भएको खेलमा पर्सा ११ ले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २० रन मात्र बनाएपछि सशस्त्रले आठ रनले जितेको हो।

पर्सा ११ आजको खेलमा पराजित भए पनि रनरेटको आधारमा सेमिफाइनलमा प्रवेश गरेको छ। सशस्त्रले पर्सा ११ लाई ९७ रनमा अलआउट गरेको भए पर्सा ११ सेमिफाइनल प्रवेश गर्नबाट रोकिने थियो।

खेलमा पर्सा ११ का खेलाडी रुपेश सिंहले आक्रमक ब्याटिङ गरेकै कारण सेमिफाइनलमा प्रवेश गरेको हो। सिंहले नटआउट सर्वाधिक ३७ बलमा ४६ रन बनाएका हुन्। उनले खेलमा चार छक्का र दुई चौका हाने।

अर्को खेलाडी अनिल साहले आठ बलमा १६ रन, इमरान शेखले १० बलमा १५ रन जोडे। यस्तै, सुरज पटेलले १८ बलमा १५ रनको योगदान गरे। सशस्त्रका बलर अविनाश बोहराले चार ओभरमा १५ रन खर्चिएर दुई विकेट पाए भने रमेश कुर्मीले चार ओभरमा १८ रन दिएर दुई विकेट लिए। 

अर्को बलर अमर सिंह रोटैलाले चार ओभरमा १५ रन दिएर एक विकेट पाए। खेलमा पहिलो ब्याटिङ गरेको सशस्त्र प्रहरी क्लबले पर्सा ११ लाई एक सय २९ रनको लक्ष्य दिएको थियो। 

सशस्त्रले २० ओभरमा नाै विकेटको क्षतिमा एक सय २८ रन बनाएको हो। खेलमा सशस्त्रका कप्तान प्रदीप ऐरीले सर्वाधिक ४२ बलमा ५२ रन बनाए। 

यस्तै, अर्को खेलाडी लोकेश बमले ११ बलमा १९ रन र पुरण विकले २३ बलमा १८ रन जोडे। पर्सा ११ का कप्तान सन्दीप लामिछानेले चार ओभरमा ३५ खर्चिएर दुई विकेट पाए।

यस्तै, रुपेश सिंहले तीन ओभरमा १६ रन दिएर दुई विकेट पाए भने रञ्जित कुमारले दुई ओभरमा १७ रन दिएर दुई विकेट लिए। 

भोलिदेखि हुने सेमिफाइनल प्रतियोगितामा  नेपालका विभागीय टोली आर्मीसँग पर्सा ११ र भारतको वन्डर्स क्लब नोयडासँग नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन्।
 

ad
ad