१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o६:११:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:११:oo

एउटा जंगलमा सरकारले रुख काट्ने काममा दुईजना युवालाई खटाएको थियो । उनीहरूले दिनभरिमा सरकारले चिनो लगाइदिएकामध्ये जति रुख काट्थे, त्यसैअनुसार ज्याला पाउँथे । 

समान कौशल, अनुभव र कदका ती युवा प्रत्येक दिन निकै मिहिनेतसाथ रुख काट्थे । दुवै आफ्नो काममा निकै मिहिनेती र अनुभवी थिए । ती दुईमध्ये पहिलो युवा हरेक दिन एकछिन पनि विश्राम नलिई लगातार रुख काटिरहन्थे । तर, दोस्रो युवा भने हरेक दिन दिउँसोको खाजा खान फुर्सद निकाल्थे । उनी खाजा खाने समयमा घरबाटै ल्याएको खाजासँगै काँधमा बन्चरो बोकेर नजिकै रहेको खोलातिर जान्थे । यसरी एउटाले कम र अर्काले बढी समय काम गरेर पनि साँझ छुट्टी हुने समयसम्ममा भने दुवैले जहिल्यै बराबर रुख काट्ने गर्थे । यो देख्दा पहिलो युवा जहिल्यै निराश हुन्थे । 

एक दिन उनले दोस्रो युवासँग यस विषयमा प्रश्न गरे— तिमी जहिल्यै दैनिक एक घन्टा विश्राम लिन्छौ । खाजा खान्छौ । आराम गर्छौ । तैपनि, साँझमा छुट्टी हुने समयमा जहिल्यै तिमीले काटेका रुखको संख्या मैले काटेजति नै हुन्छन् । यसको रहस्य के हो ? 

दोस्रो युवाले मुसुक्क मुस्कुराउँदै भने– यसको कुनै रहस्य छैन मित्र । म हरेक दिन खाजा खान खोलातिर जाँदा खाजा खाँदै आराम गर्छु । फर्किने समयमा त्यहीँको ढुंगामा फुर्सदले बन्चरो उध्याउने गर्छु ।

ad
ad