१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार २o:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

भर्जिनियाको मनाससमा गुन्जियो ठेट नेपाली लोकदोहोरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २o:२७:oo

भर्जिनियाको मनाससमा कृष्ण कँडेल दोहोरी साँझ सम्पन्न भएको छ। अमेरिकामा रहेका नेपाली समुदायलाई ठेट नेपाली मौलिक गीत सुनाउन दोहोरी साँझ सफल भएको आयोजकको भनाइ छ। 

२२ तारिख शुक्रबार आयोजित कार्यक्रम ऐतिहासिक रूपमा सफल भएको आयोजकमध्येका एक निदेश अधिकारीले बताए। नेपालबाट आएका कलाकारलाई भेट्न र सुन्न ठूलो भिड लागेको थियो। 

कार्यक्रममा खासगरी प्रौढहरूको विशेष सहभागिता थियो। दोहोरी साँझलाई निदेश अधिकारी, सरोज केसी, गणेश पाण्डे र मिलन गोर्खालीले आयोजना गरेका थिए।

कार्यक्रममा लोकगायक रामप्रसाद खनाल, प्रेमराजा महत, निशा सुनुवार र कृष्ण कँडेलले दोहोरीमा घम्साघम्सी गरेका थिए। उनीहरूलाई बीचबीचमा दर्शकले पनि सघाएका थिए। 

कार्यक्रममका आयोजक अधिकारीले यस्तो लोकदोहोरी कार्यक्रम वेला-वेला गर्न सके बुबाआमाहरूलाई ठूलो खुसी दिन सकिने र नयाँ पुस्तालाई नेपाली लोकभाकाप्रति नजिक बनाउन सकिने बताए। कार्यक्रममा प्रायोजकहरूलाई कृष्ण कँडेलमार्फत सम्मान–पत्र प्रदान गरिएको थियो। 

ad
ad